काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनिरहेको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा ६लाख ३१ हजार २३८ जनाको मृत्यु भएको छ भने १ करोड ५४ लाख २४ हजार ६१४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९३ लाख ९७ हजार ६४२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ३०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण १ लाख ४६ हजार २०० जनाको मृत्यु भएको छ भने ४१ लाख २ हजार १६६ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने १ हजार २९१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा ८२ हजार ८९० जनाको मृत्यु भएको छ भने २२ लाख ३१ हजार ८७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भारतमा ३० हजार ५८ जनाको मृत्यु भएको छ भने १२ लाख ५७ हजार ८२८ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ भने १८ हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा १२ हजार ८९२ जनाको मृत्यु भएको छ भने ७ लाख ९५ हजार ३८ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १४७ जनाको मृत्यु भएको छ भने ५ हजार ८४८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै दक्षिण अफ्रिकामा अहिलेसम्म ५ हजार ९४० जनाको मृत्यु भएको छ भने ३ लाख ९४ हजार ५५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै पेरुमा ३ लाख ६६ हजार ५५० जनालाई संक्रमण भएको छ भने १७ हजार ४५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै मेक्सिकोमा पछिल्लो २४ घण्टामा ७९० जनाको मृत्यु भएको छ भने ६हजार १९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म ४१ हजार १९० जनाको मृत्यु भएको छ भने ३ लाख ६२ हजार २७४ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया