काठमाडौं । पूर्वी अफगानिस्तानमा भएको हवाई हमलामा ४५ नागरिकको मृत्यु भएको छ ।
उक्त ४५ सदस्यमा केहि तालिबान समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
स्थानीय अधिकारीले बुधवार एक जानकारी दिँदै केहि तालिबान समेत ४५ नागरिकको मृत्यु भएको बताएका छन् ।
हेरात प्रान्तको एड्रास्कन जिल्लाका गभर्नर अली अहमद फकीर यारले मर्नेमा थोरैमा आठ नागरिक रहेको बताएका छन् । तर जम्मा संख्यामा कति नागरिक र कति तालिबान थिए भन्ने बारेमा अहिलेसम्म स्पष्ट भईनसकेको उनले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया