कोरोनाको प्रकोप : अमेरिकामा फेरी ह्वात्तै बढे मृतक र संक्रमित

काठमाडौं । चीनको वुहान शहरमा डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ३० हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ७१ हजार ३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९३ लाख ४८ हजार १६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ४६ हजार १८३ जनाको मृत्यु भएको छ भने ४१ लाख ८७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १९ लाख ४२ हजार ६३७ जना संक्रमण मुक्त भएका छन् भने १९ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ६१७ जनाको मृत्यु भएको छ भने ४ लाख ३६ हजार ५७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ४ लाख २२ हजार ३१३ जनालाई संक्रमण भएको छ भने ८ हजार ४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ३ लाख ७९ हजार ६१९ जनालाई संक्रमण भएको छ भने ५ हजार ३४७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बुधवार मात्रै ७१ हजार ९६७ जना संक्रमित थपिएका छन् भने १ हजार २०५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?