अमेरिकामा यस्तो छ पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख २२ हजार ४ सय ९२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ५२ लाख २० हजार ४ सय ३८ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट ९१ लाख ९४ हजार ७ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६३ हजार ६ सय १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४५ हजार ३ सय ५७ जनाको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा २४ हजार २ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४० लाख ५२ हजार ८ सय १० पुगेको छ । हालसम्म १८ लाख ९६ हजार ३ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ७ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?