काठमाडौं । कोरोना भाइरसको प्रकोप जताततै व्याप्त छ । वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिरहेका छन् ।
दिनहुँ हजारौँ मानिसहरुको कोरोनाका कारण मृत्यु भईरहेको छ । यसैबीच प्यालेस्टाइनमा अहिले एउटा दर्दनाक समाचार बाहिरीएको हो ।
त्यहाँकी एक महिला कोरोना भाइरसबाट संक्रमण भएपछि अस्पताल भर्ना भएकी थिइन् । उनी अस्पतालमा उपचाररत महिलासँग कसैलाई भेट्न दिइएको थिएन ।
The son of a Palestinian woman who was infected with COVID-19 climbed up to her hospital room to sit and see his mother every night until she passed away. pic.twitter.com/31wCCNYPbs
— mohamad safa (@mhdksafa) July 18, 2020
त्यसैले उनका छोरा हरेका दिन अस्पतालको झ्यालमा चढेर आमालाई हेर्ने गर्थे । उनी आमाको उपचार होउन्जेलसम्म त्यहिँबाट आमालाई हेरेर बसे । तर मृत्यु कसको नियन्त्रणमा रहन्छ र ? उनकी आमाको बिहीवार साँझ निधन भयो । उनी ७३ वर्षकी थिइन् ।
https://www.facebook.com/ajplusfrancais/photos/pcb.1184343275266653/1184343031933344
उनी आमालाई हेर्न लुकेर अस्पतालमा यसरी पुगेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
प्यालेस्टाइनमा अहिलेसम्म कोरोनाका कारण ६३ जनाको मृत्यु भएको छ भने ८ हजार ९१६ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया