कोरोनाले लियो १५ दिनमा एकै परिवारका ६ जनाको ज्यान, एक जनाको अवस्था गम्भीर

काठमाडौं । कोरोना भाइरसको प्रकोप अहिले जताततै व्याप्त छ । यसबीचमा विसिभन्न अनौठा केसहरु देखिरहेका छन् ।

यस्तै एउटा अनौठो तर मर्महित बनाउने केस भारतमा पनि देखिएको छ । चार जुलाईमा सबैभन्दा पहिला एक ८८ वर्षीय महिलाको निधन भएको थियो ।

उनको निधन बोकारोको एक नर्सिङ होममा भएको थियो । शवको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।

त्यसपछि कोरोनाको कारण उक्त परिवारका ५ जनाको मृत्यु भईसकेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

भारतको झारखण्डको एक परिवारमा यस्तो विपद् आईलागेको हो ।

कोरोना संक्रमणका कारण उनीहरुको परिवारमा एक पछि अर्को गरेर अहिलेसम्म पाँच जना छोराहरु र एक आमाको मृत्यु भएको छ ।

१५ दिन भित्र परिवारका ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यो भारतमा सम्भवतः पहिलो घटना भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?