काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ६ लाख १३ हजार १३९ जनाको मृत्यु भएको छ भने १ करोड ४८ लाख ५० हजार ४४३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८८ लाख ९८ हजार ७८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४३ हजार ८३४ जनाको मृत्यु भएको छ भने ३९ लाख ६१ हजार ४२९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १८ लाख ४९ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएका छन्े भने १६ हजार ६१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ५८४ जनाको मृत्यु भएको छ भने ४ लाख ३४ हजार ८७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म ७ हजार ७६९ जनाको मृत्यु भएको छ भने ३ लाख ९९ हजार ८९८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ५ हजार ७५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६० हजार ३९४ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा सोमवार मात्रै ६२ हजार ८७९ जना संक्रमित थपिएका छन् भने ५४५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया