काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म ६ लाख ८ हजार ८५४ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ४० हजार ३२६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८७ लाख ३० हजार ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५९ हजार ८१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४३ हजार २८९ जनाको मृत्यु भएको छ भने ३८ लाख ९८ हजार ५५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १८ लाख २ हजार ३३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ५५२ जनाको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा ३२ हजार ५७० जनाको मृत्यु भएको छ भने ४ लाख ३४ हजार १६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ७ हजार ७१३ जनाको मृत्यु भएको छ भने ३ लाख ९१ हजार ८४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ३ लाख ५० हजार ४७ जनालाई संक्रमण भएको छ भने ४ हजार ९८५ जनाको मृत्यु भएको छ ।
अमेरिकामा आईतवार मात्रै ६५ हजार २७९ जना संक्रमित थपिएका छन् भने ४१२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया