भुटान कोरोनामुक्त देश हुने दिशामा

काठमाडौं । भुटानमा हाल ७ जनामात्रै कोरोनाभाइरसको सक्रिय संक्रमित रहेका छन् ।

कोरोनामुक्त देश हुने दिशामा रहेको भुटानमा हालसम्म ८७ जनामा कोरोना संक्रमण देखिएकोमा ८० जना निको भइरहेका छन् ।

अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको सार्क मुलुक भुटानले कोरोना फैलिन नदिनका लागि अन्तराष्ट्रिय सीमा नाकामा विशेष सावधानी अपनाउनुका साथै देशभित्र पनि चुस्त योजना बनाएको समाचारहरुमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?