अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए

शरान । अफगानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।

देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिवार राति घटना भएको अधिकारीहरुले आइतवार जानकारी दिएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भने, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिवार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ ।”

उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नेक्रममा दुर्घटनामा परेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?