ऋचा शर्मा तिवारी/ काठमाडौं – वैदेशीक रोजगारी एकाध बाहेक धेरैको लागि बाध्यता हो । पश्चिमा मुलुकमा जानु र खाडी मुलुकमा वैदेशीक रोजगारीमा जानुले मानिसहरुमा एउटा रेखा कोरेको छ । हेर्ने दृष्टिकोण, सोच्ने सोचाइमा फरकपना ल्याएको छ । नेपालमा रेमिट्यान्स भित्रने विशेष गरि खाडी मुलुकको वैदेशीक रोजगारी बाट नै हो मुलुकको अर्थतन्त्र धानेको एउटा ठूलो समुदाय अहिले कोरोना भाइरसका कारण खाडी मुलुकमा अलपत्र परेर रहेको अवस्थालाई नकार्न सकिन्न ।
नेपालमा भने जस्तो काम नपाउने , काम पाए नि तलब नपाउनका कारण राम माया जस्ता आफ्नो पारिवारिक कारणले समस्या भई श्रीमान् सँग अलग भएर बसेका थुप्रै महिलाहरु माइतीमा , होस्टेलमा आफ्नो छोराछोरी छोडेर भविष्यका लागि बाध्यात्मक परिस्थितीमा विदेशीएका महिलाहरु पनि असंख्य रुपमा रहेका छन् ।
यस्तो छ, राममायाको कथा :
धादिङ घर भई काठमाडौंको सामाखुशीमा बस्दै आएकी रामामाया तामाङ श्रीमान् सँग अलग्गीएर बस्थिन् । उनले आफूले यहाँ केहि कमाइ गर्न नसके पछि आफनो सानो छोरी समेत लिएर भारतको महाराष्ट्रमा गएर घरेलु कामदारको रुपमा वि।स २०६५ सालबाट रोजगारीको शुरुवात गरिन् ,गाउँकै एक जना दाई पर्ने लाई केहि रकम दिएर यहाँबाट गाउँकै केहि साथीहरुको संगतमा उनी गोरखपुर पुगिन् र त्यहाँबाट रेलमा भारतको महाराष्ट« पुगेको उनी बताउँछिन् ।
उनले त्यहाँ घर घरहरुमा सरसफाई गर्ने , घरका सदस्यहरुको लुगाहरु धोबी कहाँ पुर्याउने आदि जस्ता कामहरु गरेर घरेलु कामदारको रुपमा दैनिक गुजारा चलाइरहेकी थिइन् । पहिला पहिला त हिन्दी भाषा आफूलाई त्यति नआउने भएता पनि बिस्तारै त्यहिँ सिकिन् । दैनिक १२ घण्टा काम गर्दा उनको मासिक कमाइबाट ८,९ हजार भारु हुन्थ्यो र कोठाको भाडा भा रु १५०० जति तिर्ने गर्थे । त्यहि पैसाबाट उनले आफू खाने र बच्चा हेर्ने कियर टेकरलाई केहि रकम दिएर आफ्नो गुजारा चलाउँथिन् । आफूले गरेको कामको तलब समयमै पाउने, काम त्यति गाह्रो नभएकोले पनि काम गर्न सहज भएको बताउँछिन् रामामाया । उनले त्यहाँ काम गर्दा कमाएको पैसा सबै उतै खर्च भएर सकियो । त्यहाँ साढे चार वर्ष काम गरेर २०६८ साल तिर उनी नेपाल फर्किन्। नेपाल फर्कदा उनी लगभग रित्तो हात फर्कीन् । तर उनीलाई नेपाल फर्केपछिका दिन अझ कष्टकर हुन थाल्यो । आफ्नो छोरीलाई पढाउन हुर्काउनका लागी भएतापनि फेरी वैदेशिक रोजगारीमा जाने निर्णय गरिन्, राममायाले ।
करिब एक वर्ष नेपाल बसेर २०७० सालमा उनी मलेसीया जानु अघि छोरी लाई भाइ बुहारीको जिम्मा लगाएर गएकी थिइन् । उनले मलेसियामा काम गर्दा उनको तलब त्यति बेला ९०० मलेसियन रिंगेट थियो । आफ्नो भाइको साथीको म्यानपावरलाई ९० हजार बुझाएर विना कुनै सीप ,नागरिकतामा उमेर बढाएर मलेसिया उडेकी राममायाका दुखका दिन यसपछि झनै जटिल बने ।
यहाँबाट जाँदा उनको अन्तर्वार्ता म्यानपावर कम्पनीले नै लिएको र म्यानपावरलाई उनले ९० हजार तिरेर गएकी हुन् । भन्न त १ लाख ३०,००० भनेको थियो तर ९० हजार मात्र तिरेको , हामी समुहमा ९ जना गएका हौं । उनी भन्छीन् माइतीको आमासँग ६० हजार सापटी लिएँ र बाँकी आफ्नै ३० हजार जम्मा गरेर ९० हजार म्यानपावरलाई दिएको र मेडिकल, पासर्पोट ,बनाउँदा १२,५०० लाग्यो यहाँ फेरी ।
उनीलाई त्यहाँ एउटा इलेक्ट्रीक कम्पनीमा काम गर्न लगिएको थियो । पहिला काम गर्न नआएको विना कुनै सीप गएको हुनाले, सानो सानो बिर्को काट्ने काम थियो , फेरी प्याकिङ्ग गर्ने जस्ता सधैँ फरक प्रकृतिका कामहरु हुने र दाजुभाइको कम्पनी भएकोले ६ महिना दाजुको कम्पनी र ६ महिना भाइको कम्पनी गरेर काम गर्दथे ।
मलेसियामा हिन्दी , बंगाली भाषाहरु पनि बोलिन्थ्यो । भारतमा काम गरिसकेको हुनाले उनलाई हिन्दी भाषा बोल्न कुनै समस्या नभएको बताउँछिन्, राममाया । काम विस्तारै सिके । मलाई काम गर्दा कसैले नराम्रो व्यवहार भने गरेनन् । हामी महिलाहरु लाई एउटा कोठा दिइएको थियो कम्पनीबाट । दिनमा १२ घण्टा काम गर्दथ्यौँ । उनी भन्छिन् यहाँ भने जस्तो काम नपाउने र तलब पनि राम्रो नहुने भएकोले विदेश लागीयो ।
उनी फेरी वि. स. २०७३ ७४ सालतिर मलेसियाबाट नेपाल फर्किन् । यहाँ फेरी त्यहि संर्घषका दिनहरु शुरु भए । दिनमा ८,९ घण्टा घरेलु कामदारको रुपमा विभिन्न घरहरुमा काम गर्न थालिन् कोठा वहाल ४००० तिर्नपर्ने । खान लाउनमा मात्र आमा छोरीको लागी खर्च हुन्थ्यो । छोरीले पढाई खर्च आफूले काम गरेको घरबाट नै हेरिदिएका कारण स्कुलमा शुल्क तिर्न नपर्ने भएकोले पनि आफूले महिनामा १० १५ हजार कमाइ गरेर जीवनयापन गरिरहेकी थिइन्, रामामाया ।
यसरी समय वित्दै गयो । यहाँ काम गर्दै गर्दा उनलाई धादिङ तिरको दलालले फेरी विदेश जाने राम्रो कमाइ हुने सल्लाह दिएछ । तर यस पल्ट उनले सोचे जस्तो सहज भएन उनको वैदेशिक यात्राको शुरुवात । समय सधै एकैनाशको नहुने रहेछ ।
कहिले दुख कहिले सुख । उनको जीवनमा पनि त्यस्तै भयो यस पटक । वि स २०७५ साल असार महिनामा उनी किर्गीस्तानमा घरेलु कामदारका लागी जान तयार भईन् । दलाललाई करिब ८० हजार बुझाएर उनी दलालको साथ केहि कतै काम को प्रकृति नबुझीकन नै घरेलु कामदारको रुपमा काम गर्नका लागी भारततर्फ अरु ४ महिलासहित लागीन् ।
उनी भन्छीन् यहाँबाट हामीलाई गोरखपुर हुँदै भारतको पहाडगञ्जमा लगेर एउटा होटलमा राख्यो दलालले । त्यहाँ भीसा आएपछि दिल्ली हुदै किर्गीस्तान उडाउने भनिएको रहेछ । उनीहरु भविष्यको मिठा मिठा सपना देख्दै त्यहाँ भिसा को पर्खाइमा महिनौँ बसिरहेका थिए । उनीहरुलाई खाना खर्च आफूले बुझाएको रकमबाट १० हजार नेपाली रुपैयाँ काटेर दिएको थियो ।
उनीहरु दिल्ली पुग्दा त्यहाँबाट नेपाली महिलाहरु लाई घरेलु कामदारको रुपमा उडान गर्न नमिल्ने भएको रहेछ । भारत सरकारले त्यहाँको विमानस्थल प्रयोग गरि घरेलु कामदारहरु लानका लागी एजेन्टहरुलाई रोक्का गरिदिएर भारतको प्रहरीले दिल्लीका केहि होटेलहरुमा छापा मारेपछि पछि उनीहरु बिचल्लीमा परेछन् । तर पनि उनीहरुलाई एजेन्टले त्यहाँ होटेलमा राखेर केहि समय सम्म केहि उपाय निकालेर भए पनि लान सकिन्छ कि भनेर कोशिस गर्यो तर सफल भएन ।
राममाया यसो भन्दै गर्दा मधुरो सुनिन्छीन् । उनीहरु त्यहाँ बाट भाग्नै पर्ने अवस्था आयो । अन्तत उनीहरुलाई टिकट काटेर दलालले २०७५ साल भदौमा नेपाल फर्कायो ।
अब गर्ने के त यहाँ अर्को समस्या शुरु भयो आफ्नो कमाइको रु ८० हजार नि डुब्यो । नेपाल आएर यहाँबाट पठाउने दलालको सम्पर्क गर्ने कोशिस गरिन् तर दलालले आज भन्छ । भोली भन्छ । पैसा फिर्ता दिने छाँटकाँट देखाएन राममाया को । उनले फोन गर्दा स्वीच अफ गरिन्छ । कति पटक सम्र्पक गरे सम्पर्क भएन । अब त्यो पैसा उठ्छ भन्ने कुरामा उनले आश मारेकी छिन् । राममाया भन्छिन् ज्यान त बच्यो तर पैसाको माया मार्न सकिन्न रहेछ । उनका सपनाहरुमा तुषरापात भए । उनले अब त्यो पैसा फिर्ता आउँछ भन्ने आशा नै मारीसकिन् उनले ।
यहाँ फेरी त्यहि संर्घषका दिनहरु शुरुवात भए । दिनमा ८ ९ घण्टा घरेलु कामदारको रुपमा विभिन्न घरहरुमा काम गर्न थालिन् । कोठा वहाल ४००० तिर्नपर्ने , आमा छोरीको लागी खान र लाउन मात्रै पुग्यो उनको कमाई । छोरीले पढाई खर्च आफूले काम गरेको घरबाट नै हेरिदिएका कारण स्कुलमा शुल्क तिर्न नपर्ने भएकोले पनि आफूले महिनामा १० ,१५ हजार कमाइ गरेर जीवन यापन गरिरहेकी उनी अहिले फेरी पुरानै कर्ममा फर्किन् ।
कोरोना अघि उनी ५,६ घरमा काम गरिरहेकी र महिनामा १५,१६ हजार सम्म कमाउने गरेकोमा अहिले हप्ताको हिसाबले ३ वटा घरमा मात्र काम गर्दछीन् र उनको अहिलेको मासिक कमाई करिब ५, ६ हजार मात्र रहेको छ । घर चलाउन मुस्किल छ तर के गर्ने केहि समयको लागी आफूले काम गर्ने घरहरुमा कोरोनाको कारण काम नदिएको उनी बताउँछीन् ।
यो गरीबी को चक्र र मानवको असिमित इच्छा , आकांक्षा तथा केहि धन कमाएर घर व्यवहार र सन्तानको भविष्यका लागी विशेष त एकल महिलाहरु आफ्नो बालबच्चाहरु लाई माईतीको जिम्मा लगाएर विदेश जाने गरेको धेरै उदाहरणहरु देखिन्छ । यस्ता घटनाक्रमका पात्र हुन् राममाया पनि । यसरी विदेश जाँदा कोहि सफल हुन्छन् त कोहि असफल , तर मेहेनत आफूले गर्नुपर्दछ । राममाया जस्ता हजारौँ एकल महिलाहरु छन् जो आफ्नो सन्तानका भविष्यका लागी विदेशी भूमिमा आफनो रगत पसिना चुहाइरहेका छन् ।
छोराछोरीको लागि सुन्दर भविष्य साँचेर बैदेशीक रोजगारीमा जाने एकल महिलाका लागी रोजगारीमा आईपरेका समस्या त छँदैछन् समाजको हेर्ने दृष्टिकोण , परिवारसँगको दूरी , आदिका कारण महिलाहरुमा विभिन्न मनौवैज्ञानिक रोगहरु समेत देखिने गरेको छ । केहि अप्रिय खबरहरु समेत सुनिन्छन्, आत्महतया जस्तो कठोर निर्णयको ।
राममाया त एउटी प्रतिनीधि पात्र मात्रै हुन् । यस्ता महिलाहरु यो समाजमा कति छन् लेखाजोखा छैन । तर उनीहरुका कामको सम्मान हुनुपर्दछ । समयमा तलब दिने , बिदा दिने ,उनीहरुको पनि स्वास्थ्यको, समयको ख्याल राख्ने गरेको खण्डमा उनीहरुको काम प्रति सच्चा सम्मान हुनेछ । आफूले आमा बाबुको दुवै जिम्मेवारी वहन गरी छोराछोरीका भविष्यको लागी सधै समर्पण गरेका राममाया जस्ता वैदेशिक रोजगारीमा असफल महिलाहरु भने समाजमा आफ्नो दायित्व पूरा गरेर सफल भएका पनि छन् ।
समाजले पनि यस्ता महिलाहरुलाई आजको दिनमा विभिन्न कार्यक्रमहरु ल्याएर स्थापित गरिरहेको छ । एकल महिलाका पैत्रिक सम्पत्ति नहुने र आर्थिक हैसियत कमजोर हुने महिलाहरू शिक्षा, स्वास्थ र सञ्चारजस्ता आधारभूत कुराबाट बञ्चित रहन्छन् । फलस्वरूप अवैधानिक बाटो प्रयोग गरी खाडी मुलुकमा जोखिमपूर्ण काम गर्न पुग्छन् । महिलाहरूलाई त्यस्ता मुलुकमा पुग्नासाथ राहदानी जफत गरी बलजफ्ती काममा लगाउने गरिन्छ । उनीहरूलाई विदेशमा घरेलु कामदारका रूपमा रहनुपर्ने बाध्यता हुन्छ ।
अधिकांश नेपाली महिला स्थानीय दलालहरूको प्रलोभनमा परी दोस्रो मुलुकको हवाईमार्ग प्रयोग गरेर विदेशिएको पाइन्छ । उनीहरू श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जाने गर्छन् । भविष्यका सपना बोक्दै विदेशिएका नेपाली महिला विदेश पुगेपछि मात्र आफू बेचिएको थाहा पाउँछन् । यसरी एउटी एकल महिलाको सपना त्यहाँ गएर तुहिएको हुन्छ र जीवन नै जोखिममा परिसकेको हुन्छ ।
(लेखक समसामयिक विषयवस्तु, महिला र संस्कृतिका विषयमा कलम चलाउँछिन् । )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया