दिल्लीमा एक महिला र दुई बच्चाको हत्या, श्रीमान फरार

काठमाडौं । भारतको दिल्ली स्थित निहाल विहार इलाकामा एक महिला र उनका दुई बच्चाको हत्या भएको छ ।

उनीहरुको घर भित्रै हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । हत्याकाण्डा पछि मृतक महिलाका श्रीमान बेपत्ता भएकोले श्रीमानले नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पुलिसले शंकाको आधारमा श्रीमानको खोजी गरिरहेको बताइएको छ । घटनास्थलमा एक हतौडा मिलेको छ, जसबाट प्रहरुीले त्यहि हतौडाले उनीहरुको हत्या गरेको हुनसक्ने अनुमान लगाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?