के ब्राजिलबाट उत्पत्ति भएको थियो कोरोना ? वैज्ञानिकले गरे यस्तो खुलासा !

काठमाडौं । कोरोनाभाइरसको प्रकोप कहिले र कुन देशमा पहिलो पटक देखियो र विश्वमा फैलियो भन्ने प्रश्न अब एउटा ठूलो विषय बनेको छ।

चीनबाट यसको उत्पत्ति भनेर अमेरिकासहित विश्वका अधिकांश देशहरुले भनिरहेको यो अवस्थामा, धेरै देशहरूमा फोहोर पानीको नमूनाहरूमा गरिएको अध्ययन र अनुसन्धानबाट यसको तथ्य बाहिर आईरहेको छ।

कोरोना भाइरस संक्रमणको प्रकोप अहिले दिनदिनै तीव्र गतिले बढीरहेको छ । जस कारणले गर्दा विशेषज्ञहरूले कोरोनाभाइरसको उत्पत्ति कहाँ र कसरी भएको थियो भन्ने बारेमा अनुसन्धान थालेका छन् ।

एक अध्ययनका अनुसार कोरोना भाइरस गत वर्षको नोभेम्बरमै ब्राजिलमा फेला परेको पत्ता लागेको छ ।

धेरै अध्ययनहरूले कोरोना भाइरसको श्रोतको आनुवंशिक सामग्री सम्भवतः फोहोर जलमा भएको बताएका छन् । त्यसैले अहिले फोहोर पानीको परीक्षणमा वैज्ञानिकहरु लागि परेका छन् ।
अध्ययनका अनुसार बार्सिलोना, स्पेन, मिलान र ट्यूरिन, इटालीको फोहोर पानीमा कोरोनाभाइरस (नोवेल कोरोनाभाइरस) को नमूना फेला परेको छ। बार्सिलोना विश्वविद्यालयको अनुसन्धान टोलीले २६ जूनमा ज्ञापन पत्र जारी गर्दै १२ मार्च २०१९ मा जमेको फोहोर पानीको नमूनामा कोरोना भाइरसका लक्षणहरू रहेको पत्ता लागेको छ ।तर २५ फेब्रुअरी २०२० मा स्पेनमा पहिलो कोरोनाको केस दर्ता गरिएको थियो।

बार्सिलोना युनिभर्सिटीका जीवविज्ञान प्राध्यापक अल्बर्ट बोसले भने, यस अध्ययनको नतिजाले कोरोना भाइरस कहिले फैलिएको भन्ने देखाउँछ, त्यो बेला मानिसहरूले यसको बारेमा सोचेका थिइनन्, किनभने यस रोगको लक्षण फ्लू जस्तै श्वासप्रश्वाससम्बन्धी रोग जस्तो जस्तै छ ।

त्यस पछि जुलाई २ मा सान्ता क्याटेरिना, ब्राजिल विश्वविद्यालयको एक विशेषज्ञ टोलीले गत बर्ष अक्टोबरदेखि यस वर्षको मार्चमा सान्ता क्याटेरिना राज्यको राजधानी फ्लोरियानोपोलिस शहरको नालीमा फेला परेको पानीको नमूनाहरू जाँच्ने घोषणा गरेका थिए । जसबाट कोरोना भाइरस गत वर्षको नोभेम्बरमै उक्त पानीमा नमूना रहेको पाइएको थियो । यद्यपि ब्राजिलमा पहिलो पटक कोरोनाको पहिलो कन्फर्म केस फेब्रुअरी २६ मा थियो ।

सान्ता क्याटेरिना युनिवर्सिटीको बायोटेक्नोलजीमा पीएचडी गिसलानीफुन्गारोले भने, गत नोभेम्बर २७ मा यो नमूना जम्मा गरिएको थियो। भाइरसलाई मानव संक्रमित हुन केहि हप्ता लाग्छ। नमुना जम्मा पार्नुभन्दा २० दिन अगाडि नै एक व्यक्तिमा यसको लक्षण देखिएको थियो ।

यी अध्ययनहरूले कोरोना भाइरसको उत्पत्तिको बारेमा विशेषज्ञहरूलाई नयाँ श्रोत दिएका छन्। बेलायतको डेली टेलिग्राफले अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक टम जेफरसनको उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले धेरै प्रमाणले फोहोर पानीमा कोरोना भाइरस रहेको कुरा बताएका छन् । एशियामा महामारी फैलिनु अघि संसारका धेरैजसो क्षेत्रमा भाइरस सुस्त भएको हुनसक्ने उनीहरुको अनुमान छ । साथै उनीहरुले वातावरणमा परिवर्तन भएपछि मात्र यो फैलिएको हुनसक्ने बताएका छन्।

यस सम्बन्धमा, रसियास्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओको कोरोना भाइरस) का प्रतिनिधि मेलिटा भौंभिकले रूसी उपग्रह समाचार एजेन्सीलाई एक अन्तर्वार्तामा महामारी फैलिनु अघि लामो समयदेखि भाइरस लुकिरहेको हुन सक्ने सम्भावना रहेको छ बताएका थिए । उनले भने कि, ‘विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरु चिनियाँ विद्वानहरुसँग भाइरसको उत्पत्तिको विश्लेषण गर्ने छन्, पहिलेका नमूनाहरूमा अध्ययन जटिल कार्य हो, यदि महत्वपूर्ण प्रगति भएको छ भने, डब्ल्युएचओले यसलाई यसलाई चाँडै जारी गर्नेछ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?