६ प्रकारका कोरोना भाइरस पत्ता लाग्यो, कुन कति खतरनाक ?

काठमाडौं । वैज्ञानिकहरुले विभिन्न लक्षणको आधारमा ५ प्रकारका कोरोना भाइरसको बारेमा पत्ता लगाएका छन् ।

सबै ६ प्रकारका कोरोना भाइरसको केसमा टाउको दुख्ने र वास्ना थाहा पाउन सक्ने क्षमतामा कमी भएको पाइएको छ ।

वैज्ञानिकहरुले आर्टिफिशियल इन्टेलिजेन्स सफ्टवेयरको माध्यमबाट सयौँ मामिलाको बारेमा विश्लेषण गरेका छन् ।

किंग्स कलेज लण्डनका साइन्टिस्टले आफ्नो रिसर्चमा अहिलेसम्म कोरोना भाइरस ६ प्रकारको रहेको कुरा पत्ता लगाएका छन् ।

यसको खतरा पहिलाको भन्दा १० गुणा धेरै भएको पनि वैज्ञानिकहरुले बताएका छन् ।

अहिलेका संक्रमितहरुलाई श्वास फेर्न समस्या धेरै भएको शोधबाट पत्ता लागेको हो ।

वैज्ञानिकको यो नयाँ खोजपछि कोरोना भाइरसको केसमा सबैभन्दा धेरै खतरावाला बिरामीलाई समयमै पहिचान्न सकिनेछ ।

रिसर्चका लागि वैज्ञानिकहरुले अमेरिका र बेलायतका १६०० कोरोना संक्रमित बिरामीको डेटाको विश्लेषण गरेका थिए ।

किंग्स कलेज लण्डनका क्लेयर स्टीव्सले भने कि, यदि बिरामी भएको पाचाँै दिन हामीले संक्रमित कोरोना भाइरसको बिरामीे कुन क्याटेगोरीमा रहेको छ भन्ने कुरा त्त्ता लाग्यो भने समय रहँदै उसको केयर राम्रोसँग गर्न सकिन्छ ।

रिसर्चमा सबैभन्दा कम खतरनाक भाइरसबाछ बिरामी भएपछि फ्लू जस्तो लक्षण हुन्छ र खोकी आउन सक्छ ।

तेश्रो प्रकारको कोरोना भाइरसको केसमा डाइरियाको लक्षण हुन सक्छ । त्यस्तै चौथो, पाचौँ र छैटौँ प्रकारको कोरोना भाइरसको केसमा थकान, कन्फ्यूजन, श्वासको समस्या जस्ता लक्षण धेरै हुन सक्दछन् ।

रिसर्चमा यो पनि पत्ता लागेको छ कि, पहिलो प्रकारको कोरोना भाइरसबाट बिरामी १.५ प्रतिशत, दोश्रो प्रकारको केस ४.४, र तेश्रो प्रकारको ३.३ प्रतिशत संक्रमितलाई श्वास फेर्नमा सहायता दिन आवश्यक रहेको छ । चौथो, पाँचौँ र छैटौँ प्रकारका केसमा यो आँकडा ८.६ प्रतिशत, ९.९ प्रतिशत र १९.८ प्रतिशत देखिएको छ ।

छैटौँ प्रकारका कोरोना भाइरसको केसमा आधा संक्रमितलाई अस्पतालमा भर्ना हुनुपरेको रिसर्चबाट पत्ता लागेको छ । तर पहिलो प्रकारको कोरोना केसमा मात्र १६ प्रतिशत संक्रमितलाई अस्पताल जान आवश्यक रहेको पाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?