भारतमा बस दुर्घटना, ५ को मृत्यु, १८ जना गम्भीर घाईते

काठमाडौं । भारतको कन्नौजमा लखनउ आगरा एक्सप्रेसमा आईतवार एक भीषण दुर्घटना भएको छ ।

जसका कारण ५ जनाको मृत्यु भएको छ भने१८ जना गम्भीर घाईते भएका छन् । साथै अन्य केहि भने सामान्य घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त बसमा ४० देखि ५० जना मानिस सवार रहेका थिए । घाईतेलाई अहिले कन्नौज मेडिकल कलेज र इटावाको स्याफई अस्पतालमा उपचार भईरहेको छ ।

बस बिहारबाट कामदार लिएर दिल्ली गईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?