श्रीमानको शव ठेलामा राखेर घाटमा पुगिन् महिला, गरेनन् कसैले सहयोग…

काठमाडौं । भारतको कर्नाटकस्थित बेलगाम निवासी ५५ वर्षीय सदाशिव हिरत्तीको घरमा मृत्यु भयो । त्यस बेला उनकी श्रीमती, छोरा र छोरी घरमा थिएनन् ।

जब मृतककी श्रीमती, छोरा, छोरी घर फर्किएर ढोकामा ढक्ढकाए । सदाशिले कुनै प्रतिक्रिया जनाएनन् ।

त्यसपछि ढोका फोरेर उनीहरु घरमा पसे । तब उनीहरुले घरमा सदाशिव कुर्सीमा मरिरहेको अवस्थामा फेला पारे ।

त्यसपछि उनीहरु शव जलाउनको लागि ढेलामा शव राखेर घाटमा गए तर कसैले पनि उनीहरुको सहयोग गरेनन् ।

कोरोना भाइरसको डरले कोहिले पनि महिलाको सहयोग गरेनन् ।

सबै आफन्तहरुले पनि उनको मृत्यु कोरोनाबाट भएको भन्दै अन्तिम संस्कारमा समेत नगएको महिलाले बताइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?