काठमाडौं । सारा विश्वमा १०० घण्टामा १० लाख कोरोना संक्रमणका केस आएपछि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।
यसको साथै विश्वमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या १ करोड ४४ लाख २७ हजार ७३४ पुगेको छ भने ६ लाख ४ हजार ९६३ जनाको मृत्यु भएको छ ।
त्यस्तै ८६ लाख १८ हजार १०५ जना कोरोना संक्रमण मुक्त भएका छन भने विश्वमा ६० हजार ८० जनाको मृत्यु भएको छ । डब्ल्युएचओका अनुसार तीन महिनामा देखिने केस १०० घण्टामा देखिएपछि डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।
संसारमा कोरोनाबाट अत्याधिक प्रभावित बनेका पाँच देशहरुमा अमेरिका, ब्राजिल, भारत, रुस र दक्षिण अफ्रिका रहेका छन् ।
त्यहाँ हरेक दिन जसो ३० हजार भन्दा धेरै संक्रमित थपिरहेका छन् । त्यस्तै पछिल्लो १८ दिनमा विश्वमा एक चौथाई केस बढेका छन् । १८ दिनमा ३७ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
यसैबीच डब्ल्युएचओले कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेसँगै हरेक दिन २ लाख देखि साँढे दुई लाख कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया