काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बनारसमा केस मुण्डन गरिएका नेपाली भनिएका व्यक्ति भारतीय नै भएको पुष्टि भएको छ ।
बाराणसी प्रहरीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा देखिएका नेपाली भनिएका व्यक्ति भारतीय नै हुन् । प्रहरीले हिरासतमा लिएर सोधपुछ गर्दा धर्मेंद्र सिंह नामका उनी भारतीय नै रहेको खुलासा भएको हो । उनले शिव सेनाले भारु १००० दिएर सबै नाटक गर्न लगाएको खुलेको छ ।
विश्व हिन्दु सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्म स्थानबारे दिएको अभिव्यक्तिको विषयलाई लिएर केस मुण्डन गरेको भन्दै सामाजिक संजालमा भिडियो पोष्ट गरेको थियो। भिडियोमा नेपाल र प्रधानमन्त्री ओलीको विरोधमा नारा समेत लगाइएको थियो भने उनको केसमा जय श्रीराम लेखिएको भिडियोमा देखिन्छ ।
उक्त घटना भएपछि नयाँ दिल्ली स्थित नेपाली राजदूत निलाम्वर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोनमा कुरा गरेका थिए।
उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले ६ जनालाई गिरफ्तार गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया