काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ । शनिबारसम्म भारतमा संक्रमितको संख्या १० लाख ५८ हजार १३० पुगेको दैनिक भास्करले जनाएको छ ।
जसमा ६ लाख ६२ हजार ७२२ जना निको भएका छन् । जबकी २६ हजार ४८३ जनाको मृत्यु समेत भएको छ । हाल ३ लाख ६४ हजार ५९७ जनाको उपचार भइरहेको कोभिड–१९ इन्डिया डटओआरजीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार महाराष्ट्रमा मात्रै संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ३४८ नयाँ केश बढेको छ ।
राज्यमा अहिलेसम्म ३ लाख ९३७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ लाख ६० हजार ठीक भइसकेका छन् भने ११ हजार ५०० को मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया