समुन्द्रमा कसरी फैलियो कोरोना ? वैज्ञानिक बने हैरान !

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ । जसका कारण लाखौँ मानिसकहरुको मृत्यु भएको छ भने करोडौँ मानिसहरु यसबाट संक्रमित बनेका छन् ।

यसैबीच दक्षिण अमेरिकी देश अर्जेन्टिनामा भएको एक घटनाले सारा विश्व नै चकित बनेको छ । त्यहाँ स्थित एक जहाजमा सवार ५७ जनालाई कोरोना संक्रमण भएको छ ।

३५ दिन यता जहाजमा रहेका उक्त व्यक्तिहरुमा कसरी कोरोना संक्रमण आईपुग्यो भन्ने बारेमा थाहा नहुँदा थप अन्यौलता सिर्जना भएको हो । समुन्द्रमा नै कसरी ति मानिसहरु संक्रमित भए भन्ने विषयले वैज्ञानिकहरु नै चकित परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरु कोरोना रिपोर्ट नेगेटिभ आएर समुन्द्रको जहाजमा चढेका थिए । तर अचानक ३५ दिन पछि समुन्द्रकै यात्रा कसरी पोजेटिभ भए भन्ने विषय अहिले कौतुहलको विषय बनेको हो ।

उनीहरु जहाजमा ६१ जना रहेको थिए । ति मध्ये ५७ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ पाइएको हो ।

अर्जेन्टिनाको टियरा डेल फुएगोका स्वास्थ्य अधिकारीका अनुसार जहाजमा बस्ने ६१ जनामध्ये ५७ जनामा कोरोना संक्रमण भेटिएको छ।

रहस्य सुल्झाउनेमा लागे विशेषज्ञ

यो कुरा थाहा पाएपछि अर्जेन्टिनी सरकार र स्वास्थ्य विज्ञहरूले यसको रहस्यलाई सुल्झाउने प्रयास गरिरहेका छन्।

यसका लागि जहाजको सम्पूर्ण यात्रा, त्यसमा भएका सम्पूर्ण यात्रालाई म्याप गरिएको छ। ताकि यो कसरी पत्ता लगाउन सकिन्छ र कसरी संक्रमण जहाजमा पुग्यो ।

विज्ञहरूले भने संक्रमित व्यक्तिहरूको शरीरमा एन्टिबडीहरू बनेको छन् कि छैनन् भनेर अनुसन्धान थालेका छन्। अर्जेन्टिनी नेवीले उशुआइया र यसको वरपरको समुद्रीतट सील गरेको छ ।

पत्ता लगाउन गाह्रो

अर्जेन्टिनी स्वास्थ्य अधिकारी अलेजान्ड्रा अल्फारोले यी व्यक्तिहरू कसरी संक्रमित भएका छन् भनेर पत्ता लगाउन गाह्रो रहेको बताएका छन्।

उनले भने, ‘यी व्यक्तिहरू ३५ दिनसम्म कसैको सम्पर्कमा आएका छैनन् ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?