कोरोना संक्रमण रोक्नका लागि स्पेनमा एक लाख जनावर मार्न आदेश

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै फैलिसकेको छ ।

अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा यसको महामारी फैलिएको हो । जसका कारण ६ लाख मानिसहरुले ज्यान गुमाएका छन् भने १ करोड ४२ लाख भन्दान धेरै मानिसहरुलाई संक्रमण भएको छ ।

स्पेनमा पनि कोरोना भाइरसको कहर जारी रहेको छ । पछिल्लो केहि दिन यता स्पेनमा कोरोनाको प्रकोप केहि कम हुँदै गईरहेको छ ।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण २८ हजार ४२० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७ हजार ३३५ जनालाई संक्रमण भएको छ । यसैबीच स्पेनमा एक अनौठो खबर साम्ने आएको छ ।

कोरोनाबाट संक्रमण मुक्त हुनको लागि भन्दै स्पेनमा एक लाख मिंक मार्न आदेश दिइएको छ । कोरोना संक्रमणबाट बच्नको लागि यो मिंक मार्न आदेश दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उत्तर पूर्वी स्पेनको फार्ममा केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्पेन सरकारले यो कदम चालेको बताइएको छ ।

कोरोना टेस्ट गर्ने क्रममा १३ जुलाईमा ८७ प्रतिशत मिंक कोरोना पोजेटिभ पाइएपछि यस्तो आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यहाँ रहेका ९२ हजार ७०० वटा सबै मिंक मार्न आदेश दिइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?