विश्वमा तीव्र रुपमा फैलिँदै कोरोना, १०० घण्टामा दश लाख नयाँ केस

काठमाडौं । कोरोनाको पहिलो केस चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा पाइएको थियो । त्यहाँबाट शुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

बितेका तीन महिनामा कोरोनाको केस १० लाख पुगेको थियो तर कोरोना केस पछिल्लो १०० घण्टामा १० लाखले बढेका छन् ।

कोरोनाको प्रकोप तीव्र गतिले फैलिएसँगै सारा विश्वमा त्रास पैदा भएको छ । रोयटर्स ट्यालीका अनुसार शुक्रवारसम्म कोरोनाको केस पछिल्लो १०० घण्टामा १० लाख भन्दा धेरै रहेको छ ।

कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भएको छ भने १ करोड ४१ लाख ८९ हजार २० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८४ लाख ५५ हजार १६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?