काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाका कारण ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४१ लाख ८९ हजार २० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८४ लाख ५५ हजार १६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ भने ३७ लाख ७० हजार १२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १७ लाख ४१ हजार २३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ६६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा अहिलेसम्म ३२ हजार ५३५ जनाको मृत्यु भएको छ भने ४ लाख ३२ हजार ४१२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ३ लाख ७४ हजार १६२ जनालाई संक्रमण भएको छ भने ७ हजार ६११ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ३ लाख २७ हजार २४१ जनालाई संक्रमण भएको छ भने ४ हजार ८०५ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शुक्रवार आज सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ शुक्रवार ७४ हजार ९८७ जना संक्रमित थपिएका छन् भने ९४६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया