काठमाडौं । कोरोना संक्रमणका कारण नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको निधन भएको छ । मृत्पछि उनमा कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
तर उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् ।
कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँग बताएका हुन् ।
साथै जोन्डवाले शुक्रवार बिहान जिन्द्जीको अन्तिम संस्कार गरिसकिएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया