कोरोनाको प्रकोप : अमेरिकामा संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ६७७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३९ लाख ४६ हजार ६३७ जनालाई संक्रमण भएको छ । त्यस्तै ८२ लाख ७७ हजार ७४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ९३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिले सम्म १ लाख ४१ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने ३६ लाख ९५ हजार २५ जनालाई संक्रमण भएको छ । त्यस्तै १६ लाख ७९ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा ३२ हजार ५१८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ३१ हजार ३८० जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा ७ हजार ४८९ जनाको मृत्यु भएको छ भने ३ लाख ४६ हजार ५५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ३ लाख १५ हजार ७७५ जनालाई संक्रमण भएको छ ४ हजार ६७७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बिहीवार मात्रै ७३ हजार ३८८ जना नयाँ संक्रमित थपिएका छन् । जो अहिलेसम्मकै सबैभन्दा धेरै हो । यस्तै बिहीवार नै अमेरिकामा ९६३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?