काठमाडौं । कोरोना संक्रमणको हिसावले अमेरिका, ब्राजिल, भारत, रसिया र पेरु अगाडी रहेका छन् ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४० हजार ५ सय २६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३२ हजार २ सय २२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३६ लाख ४९ हजार ४९ पुगेको छ । हालसम्म १६ लाख ४७ हजार ७ सय ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ३ सय २७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १९ लाख ७८ हजार २ सय ३६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७५ हजार ६ सय ९७ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १३ लाख ६६ हजार ७ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७४ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २५ हजार ६ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ३४ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १० लाख ४ हजार ३ सय ८३ पुगेको छ । हालसम्म ६ लाख ३६ हजार ५ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ७६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय १७ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ४ सय २८ जनामा कोरोना पुष्टि भएको र १ सय ६७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ५२ हजार ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ३१ हजार ६ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १२ हजार ४ सय १७ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख ३७ हजार ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख २६ हजार ४सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय २५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ८९ हजार २ सय २२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३८ लाख १० हजार २ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८२ लाख १७ हजार ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया