सुशान्तकी गर्लफ्रेण्डलाई ‘रेप’ र ‘मर्डर’ गर्ने धम्की, रियाले थालिन् ‘एक्शन’

काठमाडौं । बलिउड अभिनेता स्व. सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीलाई रेप र मर्डर गर्ने धम्की आएको छ ।

यसको बारेमा जानकारी उनले स्वयं दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी महिना दिन यता ट्रोल्सको निशानामा छिन् ।

उनलाई सुशान्तको मृत्युको जिम्मेवार रहेको आरोप समेत लगाउने गरेका छन् । अभिनेता सुशान्तको निधन भएको १५ जुलाईमा महिना दिन पुगेको छ ।

उनले महिाना दिन पुगेको समयमा एक इमोशनल नोट लेखेकि थिइन् । तर ट्रोल्सले उनलाई ड्रामा बन्द गर्न भन्दै गाली गरेका थिए ।

एक हेटरले रियालाई रेप तथा मर्डर गर्ने भम्की दिएको उनले बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनले इन्स्टाग्राममा स्क्रिनसट लिएर एक्शन लिएकी छन् ।

धम्की दिएका व्यक्तिले लेखेका थिए, ‘म यो सुनिश्चित गर्दछु कि, तिम्रो रेप र मर्डर हुन्छ, तिमी सुसाइड गर नत्र म मानिस पठाउँछु र मार्नको लागि भन्छु ।’

https://www.instagram.com/p/CCsVR4vH2TV/?utm_source=ig_embed

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?