काठमाडौं । कोरोना महामारीबीच चीनको अर्थतन्त्रमा यो वर्षको पहिलो त्रैमासिकमा ठूलो मन्दीपछि दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको छ ।
कोरोनाभाइरस लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिनामा ६.८ प्रतिशतले ओरालो लागेको थियो । तर बुधवार सार्वजनिक गरिएका विवरणमा चीनको कुल गार्हस्थ उत्पादन जीडीपी एप्रिलदेखि जुनमा बढेको देखिएको छ।
चीनले आफ्नो अर्थतन्त्र पुनस् चालु गरेको अवस्थामा संसारले नै चीनको यो सङ्ख्यालाई कुरिरहेको थियो । यो अङ्क विज्ञहरूले अनुमान गरेभन्दा बढी हो र यसले अर्थतन्त्र ह्वात्तै उकालो लाग्न थालेको सङ्केत गरेको छ ।
यसको अर्थ चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ किनभने त्यसका लागि लगातार दुई त्रैमासिकमा अर्थतन्त्र ओरालो लाग्नुपर्छ । बीबीसी न्यूजका मारिको ओईका अनुसार चीनले अनपेक्षित रूपमा लकडाउनपछि अर्थतन्त्रमा सुधार गरेको हो ।
जर्मन ब्याङ्कको एक अध्ययनमा चीनको अर्थतन्त्रको पुनर्उत्थान लगभग पूरा भएको उल्लेख गरिएको छ । गएको मेमा कोरोनाभाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो ।
सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक हो । राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार यो वर्षको पहिलो छ महिनामा चीनको अर्थतन्त्र १.६ प्रतिशतले खस्किएको छ ।
- बीबीसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया