काठमाडौं । बितेको २४ घन्टामा बेलायतका अस्पतालमा थप ८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४५ हजार ५३ पुगेको छ । तर राष्ट्रिय तथ्याँक विभागले भने मृतक संख्या ५५ हजार भन्दा बढी रहेको बताउंदै आएको छ ।
२४ घन्टाभित्र बेलायतमा थप ५ सय ३८ जनामा कोरोनाको पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । बेलायतमा कोरोनाबाट संक्रमित कूल संख्या २ लाख ९१ हजार ९ सय ११ रहेको छ ।
विश्वभरिमा सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुने मुलुकमा बेलायत तेस्रो स्थानमा रहेको छ भने युरोपभरमा बेलायत अग्र स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया