कोरोनाबारे ‘डब्ल्युएचओ’ले गर्यो यस्तो दाबी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस एडहेनम घेब्रेयेससले विश्व स्तरमा कोरोना भाइरस संक्रमणको स्थिती खराब हुँदै गएको बताएका छन् ।

उनले केहि समयसम्म अझै पनि स्थिती सामान्य नबन्ने बताएका छन् । उनले निकट भविष्यमा पहिलाको जस्तै गरेर सबै कुरा सामान्य बन्न नसक्ने दाबी गरेका छन् ।

डब्ल्युएचओ का प्रमुख घेब्रेयेससले विशेष गरेर युरोप र त्यसपछि एशियाका केहि देशहरुमा महामारीमा नियन्त्रण गरेको पाइएको बताउँदै केहि देशहरुले भने संक्रमणबाट बच्न नियमको पालना नगर्दा स्थिती बिग्रिँदै गएको बताएका छन् ।

साथै उनले केहि देशहरुमा बढ्दै गईरहेको संक्रमणलाई नियन्त्रणमा लिनका लागि देशहरुले समग्र रणनीति लागू गर्न आह्वान गरेका छन् ।

संक्रमणका लगभग आधा केस अमेरिकामा रहेको पनि उनले बताएका छन् ।

उनले अझै पनि केहि ढिला नभएको बताउँदै कोरोनाबाट बच्नको लागि विभिन्न नियम बनाएर अगाडि बढ्न सकिने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?