कोरोनाको प्रकोप : भारतमा आईतवार थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ५ लाख ७१ हजार ५७१ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३० लाख ३५ हजार ९४२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७५ लाख ८२ हजार ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाबाट भारतमा अहिलेसम्म २३ हजार १८७ जनाको मृत्यु भईसकेको छ भने ८ लाख ७९ हजार ४६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख ५४ हजार ४२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा आईतवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । आईतवार त्यहाँ २९ हजार १०८ जना संक्रमित थपिएका छन् भने ५०० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?