काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ६९ हजार ३ सय ५१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड २९ लाख ४६ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट ७५ लाख ४३ हजार ३ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५ हजार ८ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३७ हजार ६ सय २१ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा ३१ हजार ६ सय ६१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३३ लाख ८७ हजार ३ सय ७ सय पुगेको छ ।
हालसम्म १५ लाख ५ हजार ६ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया