कोरोना रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा ऐश्वर्या र आराध्या

काठमाडौं । शनिवार बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि बच्चन परिवारका सबैको कोरोना टेस्ट गरिएको थियो ।

जसमा ऐश्वर्या र उनकी छोरी आराध्यमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै जयाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ऐश्वर्यालाई र आराध्यालाई कोरोनाको कुनै पनि लक्षण नदेखिएकोले घरमै आइसोलेसनमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

परिवार बाहेर घरमा रहेको स्टाफको रिपोर्ट पनि परीक्षण गर्न थालिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ५४ जना रहेको बच्च्नको घरका स्टाफमध्ये २८ जनाको स्वाब परीक्षण गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?