काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चन पछि विश्व सुन्दरी ऐश्वर्या बच्चन र उनकी छोरी आराध्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेस टोपेले यस बारेमा जानकारी दिएको बताएका छन् ।
जया बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शनिवार राती अभिनेता अमिताभ र अभिषेकको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना रिपोर्ट पोजेटिभ आएपनि ऐश्वर्या र आराध्यलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।
अमिताभ र अभिषेक शनिवार नै मुम्बईको नानावटी अस्पतालमा उपचार गराईरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया