भारतीय प्रहरीको खोजी सूचीमा रहेका विकास दुबे शुक्रबार इन्काउन्टरमा मारिए उनीविरुद्ध गत साता बिहीबार उत्तर प्रदेशको कानपुरस्थित बिकारु गाउँमा ८ जना प्रहरीलाई मारेको अभियोग थियो ।
यस मामिलामा प्रहरीले यसअघि नै ५ जनालाई इन्काउन्टर गरिसकेको छ । जसमा विकास दुबेका सहयोगी तथा भाई अमर दुबे पनि दिए । उनी दुई दिनअघि मात्रै इन्काउन्टरमा मारिएका थिए । यतिमात्रै होइन अमर दुबेकी नवविवाहित श्रीमती खुसी दुबेलाई पनि प्रहरीले जेल पठाएको छ ।
प्रहरीले यी युवतीलाई पनि कुख्यात अपराधको षड्यन्त्रकर्ता ठहर गरेको छ । ‘बिहेपछि माइतीबाट छुट्टिएर घर आएको दुई दिनमा श्रीमान् तथा घरपरिवारलाई बुझ्न त सकिँदैन भने नव बेहुली कसरी हत्याकाण्डको षड्यन्त्रकर्ता हुन्छिन् ?’ खुसीका माइती पक्षको प्रश्न छ । उनीहरुका अनुसार अमर दुबेको परिवारले गुमराहमा राखेर विवाह गरेका थिए ।
२९ जुनमा अमर दुबे र खुसीको भव्य विवाह भएको थियो । तीन दिनपछि २ जुलाईमा ८ जना प्रहरीको हत्या भयो र विकास दुबे, अमर दुबेसहितका व्यक्तिको नाम हत्याकाण्डमा मुछियो । खुसीका बाबु श्यामका अनुसार उनी रंग लगाउने काम गरेर पाँच बच्चासहित परिवारको गुजारा गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया