काठमाडौं । सारा विश्वमा कोरोना भाइरसको प्रकोप जारी छ ।
यसैबीच कोरोनाको उत्पत्तिलाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । कोरोना भाइरसको उत्पत्तिलाई लिएर संसारका धेरै देशहरुले चीनलाई आरोप लगाईरहेको बेलामा विश्व स्वास्थ्य संगठनको एक टीम कोरोना भाइरसको उत्पत्ति बारे अनुसन्धान गर्ने भएको छ ।
यसको लागि डब्ल्युएचओको टिमलाई चीन जान स्विकृति मिलेको छ । यो कुरालाई चीन सरकारले बुधवार स्विकृति दिएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले एक जानकारी दिँदै सरकारको सहमति पछि डब्ल्युएचओले आफ्नो एक टिम चीन पठाउन सक्ने बताएका हुन् ।
डब्ल्युएचओको एक टिम सम्भवतः अब आउने हप्तामा चीन जानेछ । कोरोना भाइरसको पहिलो केस चीनको हुबाबे प्रान्तस्थित वुहान शहरमा भेटिएकोले संसारका धेरैजसो देशहरुले चीनबाट नै कोरोना फैलिएको र उत्पत्ति स्थल पनि चीन रहको आरोप लगाउँदै आएका छन् ।
अहिलेसम्म कोरोनाको संक्रमण विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । अमेरिकासहित धेरै देशहरुले चीनले कोरोनाको सत्य जानकारी नदिएको र त्यसको बारेमा जानकारी दिन ढिला गरेको आरोप लगाएका छन् ।
६ महिना भन्दा धेरै हुनेछ अनुसन्धान
डब्ल्युएचओको उक्त टिमले चीनमा गएर कोरोनाको उत्पत्तिबारे ६ महिना भन्दा धेरुै समय अनुसन्धान गर्ने बताएको छ ।
चीनमा रहेको डब्ल्युएचओको कार्यालयको तर्फबाट भाइरल निमोनियाको मामिलामा वुहान नगर स्वास्थ्य आयोगको बयान लिइनेछ ।
अनुसन्धानको समय ६ महिना भन्दा धेरै रहने छ । डब्ल्युएचओकी प्रमुख डा. सौम्या स्वामीनाथनले भाइरसको उत्पत्तिलाई लिएर गहीरो अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।
उनले चीन सरकारले पहिलो पटक ३१ डिसेम्बरमा वुहानमा निमोनियाको केस देखिएको सूचना दिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया