कोरोना कहर :अमेरिकामा बन्यो नयाँ रेकर्ड, थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ५२ हजार ४६ जनालाई संक्रमण भएको छ भने १ करोड २१ लाख ६४ हजार ७२३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७० लाख ३० हजार १९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ३१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोनाबाट अहिलेसम्म १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भएको छ भने ३१ लाख ५८ हजार ९३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ९२ हजार ६७९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ४५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा १६लाख ३१ हजार ३९१ जना स्वास्थ्योपचार गराईरहेका छन् ।

अमेरिकाको न्यूयोर्कमा अहिलसम्म ३२ हजार ३११ जनाको मृत्यु भएको छ भने ४ लाख २४ हजार २६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा २ लाख ९६ हजार ७५ जनालाई संक्रमण भएको छ भने ६ हजार ७१३ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा २ लाख २९ हजार ६१९ जनालाई संक्रमण भएको छ भने २ हजार ९४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बुधवार मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ बुधवार ६१ हजार ८४८ जना संक्रमित थपिएका हुन् भने ८९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?