विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १५ घाईते

काठमाडौं । दक्षिण पश्चिम चीनमा मंगलवार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

कलेजको वार्षिक प्रवेश परीक्षा दिने तयारीमा रहेका छात्रहरुलाई लिएर जाँदै गरेको उक्त बस गुईझोउ प्रान्तको तलाउमा खसेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस एक रेलिङमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?