कोरोनाबारे नयाँ खुलासा, १० घण्टामा के-के गर्न सक्छ कोरोनाले ?

काठमाडौं । कोरोना भाइरसको कारण अहिले सारा विश्व ग्रस्त बनेको छ ।

नेपालमा पनि कोरोनाबा अहिलेसम्म ३५ जनाको मृत्यु भईसकेको छ भने १६ हजार १६८ जनालाई संक्रमण भएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सीन अझैसम्म बन्न सकेको छैन । जसका कारण कोरोनाको संक्रमण विश्वमा झनै तीव्र रुपले फैलिरहेको छ ।

वैज्ञानिकहरु अहोरात्र कोरोनाविरुद्धको भ्याक्सीन बनाउन लागिपरे पनि अहिलेसम्म सफलता भने पाउन सकेका छैनन् ।

कोरोनाको बारेमा हरेक दिन जसो ने वैज्ञानिकहरुले विभिन्न अनुसन्धान गरेर त्यसको बारेमा जानकारी गराईरहेका छन् । यसैबीच ब्रिटेनको लण्डन कलेज यूनिभर्सिटीको एक शोध जर्नल अफ हस्पिटल इन्फेक्शनमा प्रकाशित गरेको छ ।

जसमा कोरोना संक्रमितले खोक्दा, हाच्छ्यूँ गर्दा र कुराकानी गर्दानाक वा मुखबाट निस्किने ड्रोपलेट्सको माध्यमबाट संक्रमण फैलिने सम्भावना हुन्छ । तर ड्रोपलेट्स कुनै मेटल प्लास्टिक वा अन्य कुनै सतहमा पर्यो भने उक्त सतहमा भाइरस पाँच दिनसम्म जीवित रहन्छ । जसलाई छुँदा वा त्यहि हातले आफ्नो अनुहार छोएमा यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्न सक्दछ ।

कुनै सतहमा कोरोना भाइरस कति समय जीवित रहन्छ भन्ने कुरा यो भन्दा अगाडिका शोधबाट पनि पत्ता लागिसकेको छ ।

अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसी, बेलायतको स्वास्थ्य एजेन्सी एनएचएससमेत केहि संस्थाहरुले यस बारेमा अनुसन्धान गरेका थिए ।

१० घण्टामा ठूलो क्षेत्रमा फैलिन सक्छ कोरोना

अध्ययनका अनुसार कोरोना भाइरस कुनै पनि सतहमा ५ घण्टासम्म जीवित रहन सक्छ । साथै १० घण्टा भित्रमा आफ्नो प्रकोप ठूलो क्षेत्रमा फैलाउन सक्दछ ।

लण्डन कलेज युनिभर्सिटीको यस शोधको अध्ययनका अनुसार पाँचौँ दिन पछि मात्र संक्रमणमा कमी देखिएको छ ।

यस अध्ययनको समयमा शोधकर्ताहरुले बेलायतको ग्रेट ओरमण्ड स्ट्रीट अस्पतालमा बेडको रेलिङमा संक्रमण राखेका थिए ।

१० घण्टापछि अस्पतालमा अनुसन्धानमा संक्रमण अस्पतालको उक्त वार्डको कुना कुनामा समेत फैलिसकेको पाएका थिए ।

शोधकर्ताहरुले अनुसन्धानका बेला एक कोरोना संक्रमितको श्वासबाट लिइएको भाइरसको साथमा कृत्रिम रुपमा वनस्पतिलाई संक्रमित गर्ने एक अन्य भाइरसको प्रयोग गरेका थिए ।

जसले मानिसलाई भने संक्रमित गर्न सक्दैन थियो । यी दुबै भाइरसलाई एक ठाउँमा मिलाएर बेडको रेलिङमा छोडिएको थियो । पछि त्यहाँबाट लिइएका ५० प्रतिशत नमूनामा भाइरस पाइएको थियो ।

पाँच दिनमा ४४ स्थानमा सयौँ नमूना

शोधकर्ताहरुले पाचौँ दिनमा वार्डका ४४ स्थानबाट सयौँ नमूना लिएका थिए । उक्त नमूनामा भाइरस पूर्णरुपमा रहेको कुरा पत्ता लागेको थियो ।

उक्त पाँच दिनमा ५९ प्रतिशत क्षेत्रमा उक्त संक्रमण फैलिएको थियो । यस शोधमा तेश्रो दिन लगभग ८६प्रतिशत नमूनामा भाइरसको संक्रमण पाइएको थियो । तर शोधकर्ताहरुका अनुसार पाचौँ दिनपछि भने संक्रमणमा कमी आएको थियो ।

यस अध्ययनका प्रमुख डा. लीना सिरिकका अनुसार कुनै पनि सतहबाट भाइरसको संक्रमण तीव्र रुपमा फैलिन सक्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?