काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ५ लाख ४६ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १९ लाख ४९ हजार २८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६८ लाख ४९ हजार ५४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसका कारण ३२ हजाचर १४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६८ हजार ८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ लाख ६३ हजार ६४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
मेक्सिकोमा पछिल्लो २४ घण्टामा ८९५ जनाको मृत्यु भएको छ भने ६ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा मंगलवार मात्रै ४ हजार ९०२ जना संक्रमित थपिएका थिए भने ४८० जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया