काठमाडौं – ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोलाई कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिलदोजुल्दो लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएकोमा ६५ वर्षिय राष्ट्रपति बोलसोनारो कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बिबिसीले लेखेको छ, ‘राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए ।’ कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका थिए।

सार्वजनिक स्थानमा जाँदा मास्क पनि नलगाउने, महामारीलाई सामान्य फ्लुको संज्ञा दिने, सामाजिक दुरी कायम गगर्ने र मास्क बिनानै यताउता गर्ने गरिरहेका थिए। गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको कारण अहिलेसम्म ६६ हजार ८६८ जनाको मृत्यु भएको छ भने १६लाख ७४ हजार ६५५ जनालाई संक्रमण भएको छ । त्यहाँ ११ लाख १७ हजार ९२२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ब्राजिलमा अहिले ४ लाख ८९ हजार ८६५ जना उपचाररत छन् । ब्राजिलमा मंगलवार ४८ हजार ५८४ जना संक्रमित थपिएका छन् भने १ हजार ३१२ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ५ लाख ४६ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १९ लाख ४९ हजार २८१ जनालाई संक्रमण भएको छ । त्यस्तै ६८ लाख ४९ हजार ५४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना भाईरसविरुद्धको भ्याक्सिन र औषधी नबनेका कारण भौतिक दूरी, मास्कमास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन/सेनिटाईजरको प्रयोग गर्न विज्ञले सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया