ब्राजिलमा बढ्यो कोरोनाको प्रकोप : एकैदिन हजार बढीको मृत्यु, झन्डै आधा लाख संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ५ लाख ४६ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १९ लाख ४९ हजार २८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६८ लाख ४९ हजार ५४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोना भाइरसको कारण अहिलेसम्म ६६ हजार ८६८ जनाको मृत्यु भएको छ भने १६लाख ७४ हजार ६५५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख १७ हजार ९२२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा अहिले ४ लाख ८९ हजार ८६५ जना उपचाररत छन् । ब्राजिलमा मंगलवार ४८ हजार ५८४ जना संक्रमित थपिएका छन् भने १ हजार ३१२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?