अमेरिकामा जून १० यताकै धेरै कोरोना संक्रमितको मृत्यु, मंगलवार थपिए ५५ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ५ लाख ४६ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १९ लाख ४९ हजार २८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६८ लाख ४९ हजार ५४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भईसकेको छ भने ३० लाख ९७ हजार ८४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ५४ हजार ८६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ३७१ जनाको स्वास्थ्य अवस्था ग्मभीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार २९२ जनाको मृत्यु भईसकेको छ भने ४ लाख २३ हजार ४९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म २ लाख ८७ हजार ५१४ जनालाई संक्रमण भएको छ भने ६ हजार ५६३ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म २ लाख १९ हजार ४२० जनालाई संक्रमण भएको छ भने २ हजार ८२३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मंगलवार ५५ हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् भने ९९३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या जून १० यताकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?