कोरोनाको प्रकोप : भारतमा मंगलवार थपिए यति धेरै संक्रमित, मृतक पनि बढ्दै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ५ लाख ४६ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १९ लाख ४९ हजार २८१ जनालाई संक्रमण भएको छ । त्यस्तै ६८ लाख ४९ हजार ५४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २० हजार ६५३ जनाको मृत्यु भएको छ भने ७ लाख ४३ हजार ४८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ५७ हजार ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार मात्रै २३ हजार १३५ जना संक्रमित थपिएका छन् भने ४७९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?