कोरोनाको कहर : भारतमा एकैदिन थपिए २२ हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ५ लाख ४० हजार ६६० जनाको मृत्यु भएको छ भने १ करोड १७ लाख ३९ हजार १६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६६ लाख ४१ हजार ८६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५७ हजार ९७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २० हजार १७४ जनाको मृत्यु भएको छ भने ७ लाख २० हजार ३४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ४० हजार १५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा २ लाख ६० हजार २२ जना उपचाररत छन् । भारतमा सोमवार २२ हजार ५१० जना संक्रमित थपिएका छन् भने ४७४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?