काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयारर पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ३६ हजार ७७६ जनाको मृत्यु भईसकेको छ भने १ करोड १५ लाख ५६ हजार ६८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६५ लाख ३५ हजार ४९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ५४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना संक्रमितको हिसावले विश्वको तेश्रो स्थानमा रहेको भारतमा अहिलेसम्म १९ हजार ७०० जनाको मृत्यु भएको छ भने ६ लाख ९७ हजार ८३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख २४ हजार ८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यहाँ २ लाख ५३ हजार२४५ जना स्वास्थ्योपचार गराईरहेका छन् । भारतमा आईतवार २३ हजार ९३२ जना संक्रमित थपिएका छन् भने ४२१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया