काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ३ सय ५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ६ लाख ८९ हजार ६ सय २७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५ लाख ५६ हजार ४ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
स्पेनमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म स्पेनमा कुल संक्रमितको संख्या २ लाख ९६ हजार ३ सय ५१ पुगेको छ । हालसम्म २८ हजार ३ सय ५५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै, पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ७७ पुगेको छ । हालसम्म २ लाख ८५ हजार २ सय १३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ७४ हजार ५ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै, इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा १ सय ८२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ७ सय ६० पुगेको छ ।
हालसम्म १ लाख ९० हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ८७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया