भारतमा बितेको २४ घण्टामा मात्रै १९ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ३ सय ५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ६ लाख ८९ हजार ६ सय २७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५ लाख ५६ हजार ४ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी देश भारतमा बितेको २४ घण्टामा १९ हजार १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ४ हजार ८ सय ८ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १७ हजार ८ सय ४८ जनाको ज्यान गएको र ३ लाख ५९ हजार ८ सय ९१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै, बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ३८ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?