वाग्मती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको शान्तिसुरक्षा व्यवस्थापन संघीय सरकार (नेपाल सरकार) मातहत राख्ने गरी प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनसम्बन्धि संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण खाका तयार भएको छ ।
मुलुकको केन्द्रीय राजधानी, जनघनत्व, आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि, सुरक्षा संवेदनशीलता तथा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आधार बनाएर खाका बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको ओएन्डएम तर्जुमासम्बन्धी उपसमितिका सदस्यसचिव रामप्रसाद आचार्यले यस्तो प्रस्ताव गरिएको बताए । ओएन्डएम तर्जुमासम्बन्धी उपसमितिले रायसहितको सुझावमात्रै पेस गर्ने र अन्तिम निर्णय गर्ने अधिकार ‘माथि’ को रहेको आचार्यको भनाइ छ । ‘असारभित्रै यो प्रस्तावसहित प्रतिवेदन बुझाउने योजना छ,’ उनले भने, ‘यो नै अन्तिम होइन । औचित्य र आवश्यकता हेरेर माथिबाट थपघट हुन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया