भारतमा आजमात्रै कोरोनाबाट ४२३ जनाको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । भारतमा बुधबारमात्रै कोरोनाभाइरसबाट ४२३ जनाको मृत्यु भएको समाचार छ । कोरोना संक्रमणका हिसावले चौथो स्थानमा रहेको भारतमा हालसम्म संक्रमणबाट १४ हजार ९०६ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी भारतमा ४ लाख ७२ हजार ८४२ जनामा संक्रमण पुष्टि हुँदा आज मात्रै १६ हजार बढी संक्रमित पहिचान भएका छन् ।
भारतमा हालसम्म २ लाख ७१ हजार बढीले संक्रमण जितिसकेका छन् भने अझै पनि १ लाख ८६ हजार बढीको उपचार भइरहेको छ। यस्तै झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?